थ्री नेशन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले अन्तिम समयमा भुटानविरुद्ध गोल फर्काएको छ।
मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा भुटानले अन्तिम समयमा गोल खाएको हो। नेपालले ८९ औँ मिनेटमा यो गोल गरेसँगै थ्री नेशन्स कपको फाइनल यात्रा पक्का गरेको छ।
भुटानले नेपालविरुद्ध लगातार १३ खेलको पराजयपछि नेपाली भूमिमै जित निकाल्ने योजना पनि तुहिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २० औँ मिनेटमा नेपालले गोल खाएको थियो।
फितलो प्रदर्शन गरेको नेपालले गोलका लागि खेलको अन्तिम समयसम्म कुर्नुपर्यो।
दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले खेलको २० औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए।
नेपाललाई फाइनलमा पुग्न बराबरीको नतिजा पर्याप्त थियो। तर भुटानलाई फाइनलमा पुग्न नेपाललाई कम्तीमा २ गोलको अन्तरले जित्नुपर्नेछ।
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया