ad ad

राजनीति


फेरि फसे राहुल गान्धी, सावरकर समुदायसँग माफी नमागे मुद्दा हाल्ने चेतावनी

फेरि फसे राहुल गान्धी, सावरकर समुदायसँग माफी नमागे मुद्दा हाल्ने चेतावनी

भारतीय कांग्रेस नेता राहुल गान्धी


नेपालखबर
चैत १४, २०७९ मंगलबार १९:५९, काठमाडौँ

भारतीय कांग्रेस नेता राहुल गान्धी एकपछि अर्काे विवादमा मुछिने देखिएको छ। मोदी समुदायको मानहानि गरेको मुद्दामा अदालतले २ वर्षको जेल सजाय सुनाएपछि केही दिनअघि मात्र उनको सांसद पद गुम्यो। अब राहुलमाथि अर्को मुद्दाको तरबार झुन्डिन लागेको छ। यसपटक वीर सावरकरका नातिले राहुलविरुद्ध सावरकरबारे गरेको विवादास्पद टिप्पणीका लागि माफी माग्नुपर्ने नत्र एफआइआर दर्ता गर्ने बताएका छन्। 

पद गुमेपछि गत शनिबार दिल्लीमा पहिलोपटक मिडियासामु उपस्थित भएका राहुलले मोदी समुदायबारे आफ्नो टिप्पणीका लागि अदालतमा माफी माग्ने प्रश्नमा भनेका थिए, ‘म सावरकर होइन, म गान्धी हुँ र गान्धीले माफी माग्दैनन्।’

सोही टिप्पणप्रति असन्तुष्टि जनाउँदै हिन्दुत्व विचारधारा वीर दामोदर सावरकरका नाति रञ्जित सावरकरले कांग्रेस नेता राहुलविरुद्ध कारबाही माग गरेका हुन्। उनले भने, ‘राहुल गान्धीले प्रमाण दिनुपर्छ कि सावरकरले बेलायतीसँग माफी मागेका थिए।’

रञ्जित सावरकरले अगाडि भने, ‘राहुल गान्धीले आफू सावरकर नभएकाले माफी नमाग्ने भन्दै छन्। म उनलाई सावरकरले माफी मागेको कुनै प्रमाण देखाउन चुनौती दिन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .