खेल


सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो

सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो

जावलाखेल र सातदोबाटोबीचको खेलका क्रममा बलका लागि भिड्दै। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
चैत २१, २०७९ मंगलबार १६:५७, काठमाडौँ

जावलाखेल युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ। 

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २-१ गोलअन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो। 

जावलाखेललाई जिताउने क्रममा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका हुन्। पराजित सातदोबाटोका दीपकसिंह ठकुरीले सान्त्वना गोल गरे। 

यो जितपछि जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .