खेल


नखेलीकनै एसिया कपमा पुग्ला नेपाल? (भिडिओ)


लक्ष्मी जि.सी
बैशाख १७ , काठमाडौँ

यदी प्रकृतिले साथ दिएछ भने मैदानमा धुँवाधार प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि बैशाख १८ गते एसीसी प्रिमियर कपको फाइनल प्रतिस्पर्धामामा युएईसँग भिड्नेछ।

यो भीडन्तको ब्यग्रताका साथ प्रतिक्षा गरिएको छ। बैशाख १६ गते कुवेतसँगको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि  नेपाल समुह विजेताको रुपमा फाइनल खेलमा पुग्न सकेको हो।

दोस्रो सेमिफाइनलमा युएईले ओमानलाई डकवर्थ लेविस मेथडमा  दुई रनले हराएपछि ओमानको नेपालसँग भेट पक्का गरेको हो।

मौसम पुर्वानुमान महाशाखाले सोमबार र मगंलबार वर्षाको सम्भावना देखाएको छ।

एसीसीले फाइनलका लागि एक दिन रिजर्भ डे राखेको छ। यस्तोमा सोमबार फाइनल हुन नसके मंगलबार खेल हुनेछ।

तर दुवै दिन फाइनल हुन नसके खेल सुपर ओभरमा पुग्नेछ। सुपर ओभर बराबरी भएमा फेरि अर्को सुपर ओभर हुनेछ। तर वर्षाको कारण सुपर ओभर पनि हुन नसके खेल रद्द हुनेछ। 

यस्तो अवस्थामा आइसीसीको वरियताको आधारमा शीर्ष स्थानमा रहने टोली एसिया कपका निम्ति छनौट  हुनेछ। आइसीसीको ओडिआइ वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छ।

त्यसैले पानी पर्ने र नपर्ने संग नेपाली क्रिक्रेट टोलीको एयिाकपमा सहभागितासंग पनि जोडिएर हेरिएको छ। यदी वर्षाका कारण नखेलिकनै एसिया कपमा नेपालको सहभागिता भए नेपालले  विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। 

नेपाल र युएईले प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै आगामी जुलाईमा हुने ‘एसिसी इमर्जिङ टिम्स एसिया कप’मा स्थान पक्का गरिसकेका छन्।

प्रिमियर कपको तेस्रो स्थानमा रहने टोलीले पनि एसिया इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ। तेस्रो स्थानका लागि अहिले ओमान र कुवेत बीच प्रतिस्पर्धा भइरहेको छ।

तर आज १७ गते आइतबारको खेल पनि वर्षाको कारण रोकिएको छ।

बैशाख १७, २०८० आइतबार १८:४९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .