काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ। किर्गिस्तानको विस्केकमा जुन तेस्रो सातादेखि आयोजना हुने लिगको शुक्रबार अन्तिम टोली घोषणा गरिएको हो।
नेपाल भलिबल संघले शुक्रबार प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई कटौती गर्दै १२ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीको ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द छन्। अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन्।
काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ।
नेपाली टोली:
हरि हजुर थापा, लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा
Shares
प्रतिक्रिया