ad ad

राजनीति


विवेकशील साझा पार्टीले आशुतोष प्रधानलाई बनायो प्रवक्ता

विवेकशील साझा पार्टीले आशुतोष प्रधानलाई बनायो प्रवक्ता

विवेकशील साझाका नवनियुक्त प्रवक्ता आशुतोष प्रधान


नेपालखबर
जेठ १९, २०८० शुक्रबार २०:५४, काठमाडौँ

विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

यसअघि प्रवक्ता रहेका प्रकाशचन्द्र परियार हालै उपाध्यक्षमा निर्वाचित भएपछि प्रवक्ता पद खाली थियो। परियार हाल उपाध्यक्षसँगै पार्टीको प्रशिक्षण विभाग प्रमुख पनि हुन्। 

को हुन नवनियुक्त प्रवक्ता प्रधान?
विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको विवेकशीले साझाले जानकारी दिएको छ। 

विभिन्न सामाजिक–राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खरो वकालतकर्ता हुन्।

राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .