खेल


गण्डकीका ७ ओलम्पियनलाई मासिक ५ हजार दिने प्रदेश सरकारको घोषणा

गण्डकीका ७ ओलम्पियनलाई मासिक ५ हजार दिने प्रदेश सरकारको घोषणा

नेपालखबर
जेठ २०, २०८० शनिबार २०:३५, काठमाडौँ

गण्डकी प्रदेश सरकारले ७ जना ओलम्पियनहरूलाई मासिक ५ हजार दिने घोषणा गरेको छ। 

नेपाल ओलम्पियन संघकाे आयाेजनामा पाेखरामा आज शनिबार भएकाे दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रममा पाेखराका मुख्यमन्त्रीले आफ्नाे प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार रुपैया दिने बताएका हुन्।

कार्यक्रम पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा सम्पन्न भएकाे हाे।

सम्मान अघि पाेखराकाे हल्लनचाेकबाट सुरु भएकाे प्रभातफेरी बाराही चाेकमा पुगेर समापन भएकाे थियाे।

प्रभातफेरीमा पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य, १९६४ देखि ओलम्पियन, विभिन्न खेल संघ, खेलाडी, पदाधिकारी, आमा समूह लगायत सहभागी थिए।

काठमाडौ उपत्यकाबाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ संघले पोखरामा आयोजना गरिएकाे ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बताए।

त्यस्तै, गण्डकीका ७ मध्ये ५ जना ओलमिपयनलाई शनिबार सम्मान पनि गरिएको थियो। 

गण्डकी प्रदेशका ऋषिराम प्रधान, सिताराम शाही भगवती खत्री र ज्ञान बहादुर बोहरा सम्मानित भएका छन् भने भने टिका वोगटी र नारायण गुरुङ गण्डकीका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .