इङ्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
अर्काेतिर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि तीन पटक च्याम्पियन्स लिगको उपाधि चुम्ने कीर्तिमान बनाएका छन्। सिटी एकै सिजन ती उपाधि जित्ने आठौं टिम पनि भएको छ।
अर्कोतिर अर्जेन्टिनाका युवा स्ट्राइकर जुलियन अल्भारेजले एकै सिजन विश्वकप, एफए कप, इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगसहित चार उपाधि चुमेका छन्।
नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले बोरूसिया डर्टमन्डबाट सिटी आएको पहिलो सिजनमै ती उपाधि चुमेका छन्। यसका साथै उनी विश्वकप विजेता लियोनेल मेस्सीसँगै बालोन डिओरको प्रबल दाबेदार पनि भएका छन्।
टर्कीको इस्तानबुलमा भएको फाइनल भिडन्तमा इटालियन क्लब इन्टरमिलानलाई १-० गोलले हराउँदै सिटीले पहिलोपटक पटक च्याम्पियन्स लिगको उपाधि चुमेको हो।
त्यसअघि र पछि इन्टरका लागि प्राप्त केही सुन्दर अवसर खेर फाले। खेलको ३६ मिनेटमा केभिन डे ब्रुएन घाइते भएर बाहिरिएपछि सिटी दबाबमा थियो।
तर सिटीले दोस्रो हाफमा एक मात्रै निर्णायक गोल गर्दै आफ्नो नाममा इतिहास लेख्न सफल भयो।
सेमिफाइनल भिडन्तमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराएको थियो। उता इन्टरले मिलान भिडन्तमा एसी मिलानलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको थियो।



Shares

प्रतिक्रिया