५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता आगामी भदौ तेस्रो साता हुने भएको छ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १८ देखि २० गतेसम्म हुने जानकारी दिएको हो।
नेपालमा पहिलो पटक एशियाली राष्ट्रका २५ मुलुकका खेलाडीले स्पर्धा गर्न लागेका हुन्। प्रतियोगितामा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा करिब ३ सय खेलाडीले स्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि १५ गते सबै खेलाडी तथा अफिसियल काठमाडौं आइपुग्नेछन्।
१८ गते १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ। पहिलो दिन नेपाली १४ खेलाडीहरुले ८ वटा समूहमा स्पर्धा गर्नेछन्। यस्तै १९ गते २० वटा विधा र २४ नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ।
२० गते ९ विधामा प्रतिस्पर्धा हुँदा ५ नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया