खेल


मेस्सी र अल्बा अनुपस्थित खेलमा इन्टर मियामीको फराकिलो हार

मेस्सी र अल्बा अनुपस्थित खेलमा इन्टर मियामीको फराकिलो हार

नेपालखबर
भदौ ३१, २०८० आइतबार १२:१०, काठमाडौँ

कप्तान लियोनेल मेस्सीलाई आराम दिइएको खेलमा इन्टर मियामी फराकिलो अन्तरले पराजित भएको छ

आइतबार बिहान भएको खेलमा इन्टर मियामीलाई एटलान्टा युनाइटेडले मेरेसेडज स्टेडियममा ७१ हजार दर्शकहरुमाझ ५-२ को फराकिलो गोलअन्तरले पराजित गरेको हो। 

गत जुलाई १५ मा मा मेस्सी आवद्ध भएयता इन्टर मियामीको यो पहिलो हार पनि हो। मियामीले मेस्सीलाई एटलान्टाविरुद्ध आराम गराएको थियो। मेस्सीले यसअघि विश्वकप छनोटअन्तर्गत बोलिभियाविरुद्धको खेलमा पनि आराम गरेका थिए। 

एटलान्टाले पहिलो हाफमा नै ३ गोलको अग्रता बनाएको थियो। उसका लागि ट्रिस्टन म्युयाम्बा र ब्रुक्स लेन्नोनले व्यक्ति गत एक एक गोल गरे। त्यस्तै इन्टरमियामीका कमल मिल्लरले एक आत्मघाती गोल उपहारमा थिए। 

दोस्रो हाफमा एटलान्टाका लागि जर्जियोस जियाकोयुमाकिस र  टेलर वल्फले गोल गरेका थिए। यो जितसँगै एटलान्टा एमएलएसको इस्टर्न कन्फ्रेन्सतर्फ छैटौँ स्थामा छ। 

उता पराजित मियाका लागि लियोनार्डो कम्पानाले २ गोल गरेका थिए। यससँगै मियामीको सबै १२ खेलमा लगातार जितको यात्रामा पनि पूर्णविराम लागेको  छ। 

हारपछि मियामीका प्रशिक्षक जेर्राडो टाटा मार्टिनोले मेस्सी र स्पेनिस डिफेन्डर जोर्डी अल्बाले मांसपेशीमा पीडा महसुस गरेपछि आराम दिइएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .