खेल


एसियाड : जापानसँग नेपाल ८–० ले पराजित

एसियाड : जापानसँग नेपाल ८–० ले पराजित

नेपालखबर
असोज ८, २०८० सोमबार २०:६, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले १९ औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा  जापानसँग फराकिलो अन्तरले पराजित भएको छ। 

वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा सोमबार भएको खेलमा नेपाल जापानसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो। 

खेलको पहिलो हाफमा ५–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो। 

पहिलो पटक एसियाड खेलिरहेको नेपाली टोलीले समुह चरणमा लगातार दोस्रो हार व्यहोरेको हो। जापानसँगको हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना सकिएको छ। 

समुह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। 

आजै भएको अर्को खेलमा भियतनामले बंगलादेशलाई ६–१ गोल अन्तरले हराएको छ। 

समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। खेल सोही रंगशालामा २८ सेप्टेम्बरमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .