खेल


भारतसँग पराजित भएपछि मैदानमै रोए नेपाली खेलाडी (तस्बिरहरू)

भारतसँग पराजित भएपछि मैदानमै रोए नेपाली खेलाडी (तस्बिरहरू)

मैदानमै स्तब्ध नेपाली खेलाडीहरू। तस्बिर : सरोज नेपाल


सरोज नेपाल
असोज १०, २०८० बुधबार १९:५२, काठमाडौँ

यू-१९ साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएको अवस्थमा खेल टाइब्रेकरमा पुग्दा नेपाल पराजित हुन पुगेको हो। 

यससँगै साफ यू-१९ च्याम्पियनसिपको उपाधिका लागि पाकिस्तान र भारत भिड्ने भएका छन्। 

त्रिपुरेश्वरस्थित दररथ रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो। 

नेपालका आश्विन घोरासैनी, कुशल देउवाले गोल गरे। विक्रम तामाङको प्रहार आकाशियो।लक्षु थापाको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। प्रशान्त लक्सनको प्रहार भारतिय गोलरक्षक लियोनल डेरेलले बचाए। 

भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी, मांगिलेतम किपगेमले गोल गरे। 

रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरियो। दिनेश सिंहको प्रहार नेपालका गोलरक्षक जियारथ सिंहले बचाए। 

भारतसँग नमिठो पराजयसँगै नेपाली खेलाडीहरु मैदानमै शोकमग्न हुन पुगे। सयौँ घरेलु दर्शकमाझ उनीहरु रुँदै भावविह्लल अवस्थामा देखिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .