खेल


विश्वकप पुगेपछि भावुक हुँदै जब खेलाडीले चुमे मैदान (तस्बिर)

विश्वकप पुगेपछि भावुक हुँदै जब खेलाडीले चुमे मैदान (तस्बिर)

सरोज नेपाल
कात्तिक १७, २०८० शुक्रबार २०:४८, काठमाडौँ

टी–२० क्रिकेटको इतिहासमा दोस्रोपटक विश्वकपको यात्रा तय गरेको नेपाली क्रिकेट टोली र समर्थकका लागि शुक्रबार (आज) सबैभन्दा खुसीको दिन हो। माथिल्लो मुलपानी क्रिकेट मैदानमा यूएईलाई ८ विकेटले पराजित गरेसँगै नेपालले विश्वकपको दोस्रो यात्रा तय गरेको हो।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपाल पहिलोपटक सहभागी भएको थियो। 

त्यसयता विश्वकपको यात्रा तय गर्न नसकेको नेपाली क्रिकेट टोलीले शुक्रबार घरेलु मैदानमा भएको यूएईविरुद्धको खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थिति थियो।

दर्शकको साथ पाएका खेलाडीहरूको शुक्रबारको प्रदर्शन पनि परिपक्व थियो। जस अनुसार ९ वर्षपछि नेपाल पुनः विश्वकप यात्रा तय गर्न सफल भएको छ। 

विश्वकप यात्रा तय भएसँगै नेपालका खेलाडीहरूले खुसी शब्दमा व्यक्त गर्न नसकेको प्रतिक्रिया दिएका छन्। 

उत्साहित हुँदै खेलाडीहरू मुलपानी क्रिकेट मैदानलाई चुम्न भ्याए। जतिबेला केही खेलाडीहरू भावुक समेत बनेका थिए। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .