नेपाली क्रिकेट इतिहासमा दोस्रो पटक नेपालले टी–२० विश्वकप खेल्दैछ। यसअघि सन् २०१४ मा बंगालदेशमा भएको विश्वकप छनोट खेलेको नेपालले ९ वर्षपछि विश्वकपको ढोका खोलेको हो।
यसअघि सन् २०२२ को फेब्रुअरीमा नेपाली टोली यूएईसँग पराजित हुँदा विश्वकपको सपना अधुरै रहेको थियो। तर संयोग नै भन्नुपर्छ यो पटक नेपालले आफ्नै घरेलु मैदानमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको हो।
नेपालसँगै ओमान पनि विश्वकपमा छनोट भएको छ। शुक्रबार नै टियु क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमान पनि विश्वकपमा पुगेको छ।

टी–२० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्ने दुई टोलीले विश्पमा पुग्ने प्रावधान छ। सोही अनुसार नेपाल र ओमान अर्को वर्ष हुने विश्वकपमा छनोट भएका हुन्।
सम्बन्धित सामग्री:
२०१४ मा विश्वकप खेल्ने टोलीबाट सोमपाल कामी र विनोद भण्डारी मात्र वर्तमान टोलीमा छन्। लामो समय टोली बाहिर रहेका विनोदले चीनको हाङजाओमा भएको एशियन गेम्सबाट टोलीमा पुनरागमन गरेका हुन्।
यता सोमपाल भने टोलीमा उच्च लयमा छन्।
नेपाल र ओमानले अब सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकप खेल्नेछन्।
तस्बिर/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया