ad ad

खेल


धनगढी एफसीको विजयी सुरुआत

धनगढी एफसीको विजयी सुरुआत

नेपालखबर
मंसिर १०, २०८० आइतबार १९:३२, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएलं) मा साविक उपविजेता धनगढी एफसीले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको खेलमा नवप्रवेशी विरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराएको हो।

धनगढीको जितमा अहमद हिजाजी र फोफे फोफानाले गोल गरे। वीरगञ्जका लागि हंस कोफिले पेनाल्टीमा गोल फर्काए।

खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा धनगढीले दोस्रो हाफमा गोल फर्काएको थियो।

खेलको ८९ औं मिनेटमा अहमद हिजाजीको गोलमा २–१ ले धनगढीले वीरगञ्जविरुद्ध अग्रता लियो। हिजाजीले गोलरक्षक दिप कार्की अघि बढेको मौकामा खाली पोष्टमा बललाई जाली चुमाए।

त्यसअघि ८७ औं मिनेटमा आशिष चौधरीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिँदा अग्रता बनाउने मौका गुमायो।

खेलको दोस्रो मिनेटमा नै अफिज ओलावालेको क्रसमा फोडे फोफानागले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा हसं कोफीको पेनाल्टी गोलमा विरगञ्ज खेलमा फर्किएको थियो। वीरगञ्जका विलियम ओपेकुको कर्नरमा धनगढीका डिफेन्डर डियंगो फालउको ह्याण्ड भएपछि विरगञ्जले पेनाल्टप् अवसर पाएको थियो। जुन मौकालाई कोफीले खेर जान दिएनन्।

लिगमा भोलि झापा एफसी र स्पोर्टिङ इलाम एफसी खेल्नेछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .