ad ad

खेल


एनएसएल : पोखरा र ललितपुरले अंक बाँडे

एनएसएल : पोखरा र ललितपुरले अंक बाँडे

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १३, २०८० बुधबार १९:२७, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरी गर्दै अंक बाँडेका हुन्।

पहिलो हाफमा केही दबाबमा परेको पोखराले दोस्रो हाफमा राम्रो अवसर सृजना गरे पनि गोल गर्न भने सकेन।

८९ औं समनेटमा जोइ आइडोको प्रहार ललितपुरका गोलरक्षकले सहजै जोगाए। ८० औं मिनेटमा पोखराका आयुष घलानको प्रहार ललितपुरका गोलरक्षकले बचाउँदा पोखराले अग्रता बनाउन सकेन।

७४ औं मिनेटमा दिनेश राजवंशीको फ्रिकीक प्रहार पोष्टको माथिबाट बाहिरियो। त्यसको एक मिनेटमा नै ललितपुरका रोशन पहारीको प्रहार पोखराका गोलरक्षकले सहजै बचाए।

त्यसअघि खेलको छैटौं मिनेटमा फ्याङकील कोउटो तलाको लामो पासमा मोसेस ग्याबाको प्रहार सेकेण्ड बारमा लाग्दै फर्किदा पोखराले अग्रता बनाउने मौका गुमायो।
२५ औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको हेडर पोखराका गोलरक्षकले सहजै बचाए।

३३ औं मिनेटमा अनिल महर्जनको कर्नरमा अनन्तको हेडर पोखराका गोलरक्षकले पन्च गर्दै बचाए। ३६ औं मिनेटमा निखिल सुरेशराओ कदमको कर्नर पोखराका पदम भट्टराईले हेडर गर्दै बचाए। ३७ औं मिनेटमा ओमोलाला नुरैन करिमको फ्रिकीक सेकेण्डबारको नजिकबाट बाहिरिदा ललितपुरले अग्रत बनाउने मौका गुमायो।

खेलको ४० औं मिनेटमा निखिल सुरेसाओको प्रहार पोखराका गोलरक्षकले बचाए। ४३ औं मिनेटमा आयुष घलानको पासमा मोसेसको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिदा पोखराले अग्रता लिन सकेन। इन्ज्युरी समयमा एञ्जल महर्जनको फ्रिकीक प्रहार पोष्टको नजिकबाट बाहिरियो।

लिगमा भोलि बिहिबार धनगढी एफसी र बुटवल लुम्बिनी भिड्नेछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .