ad ad

समाज


भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको तर्फबाट सकियो बहस

भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको तर्फबाट सकियो बहस

नेपालखबर
मंसिर १३, २०८० बुधबार १९:३३, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। उच्च अदालत पाटनमा बुधबार सरकारी वकिलको तर्फबाट बहस भएको थियो। 

मंगलबार मात्रै प्रतिवादीको तर्फबाट बहस सकिएको थियो। 

उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा बहस भएको थियो। यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

भोलि(बिहीबार) पुनः निवेदकसमेत रहेका मुद्दाका प्रतिवादीको तर्फबाट जवाफी बहस भएसँगै उच्च अदालतले थुनामै राख्ने कि जिल्ला अदालतको आदेश बदर गर्दै थुनाबाहिर पठाउने भन्ने आदेश गर्नेछ। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका अभियुक्तहरूले उच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ भइरहेको हो।

प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्दैछन्।

यस प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पुर्पक्षका लागि थुनामा छन्।

थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले उच्च अदालत, पाटनमा दिवेदन दर्ता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .