खेल


मेस्सी इतिहासकै उत्कृष्ट फुटबलरः ब्राजिलका पूर्व कप्तान

मेस्सी इतिहासकै उत्कृष्ट फुटबलरः ब्राजिलका पूर्व कप्तान

नेपालखबर
असार १५, २०७६ आइतबार १०:५६,

ब्राजिल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान थियागो सिल्भाले मेस्सी इतिहासकै उत्कृष्ट फुटबलर भएको बताएका छन्।

ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकामा फाइनल प्रवेशको भिडन्त हुँदैछ। खेल यसै हप्ताको बुधबार हुनेछ।

गोल डककमका अनुसार अर्जेन्टिनासँगको खेल अगाडि सिल्भाले मेस्सीको प्रशंसा गरेका हुन्।

खेल अगाडि आयोजना गरिएको पत्रकार सम्मेलनमा सिल्भाले भने,‘मेरो लागि मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी हुन्।’

‘तर अहिले ब्राजिल र अर्जेन्टिनाको सवाल छ। त्यसैले उनको प्रशंसा अन्य खेलमा गरौला।’ उनी भन्छन्,‘जतिबेला हामी एकअर्कालाई भेट्छौं। राष्ट्रिय खेलमा अथवा च्याम्पियन्स लिगमा, मेस्सीसँग खेल्न निकै गाह्रो हुन्छ।’

‘मेस्सीलाई जति पढ्न खोजिए पनि उनको गुणस्तरको अध्ययन गर्न सकिँदैन।’ उनी भन्छन्,‘सेन्टर ब्याक भएपछि सबै संभावनाहरु थाहा पाउनुपर्छ। हामीलाई थाहा छ प्राय उनी देब्रेबाट बल ल्याउँछन् तर उनी दाहिनेबाट पनि बल ल्याउन सक्छन् जसले हामीलाई गाह्रो बनाउँछ।’

थियागो सिल्भा ब्राजिलका पूर्व कप्तान हुन्। हाल पनि उनी राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन्। यतिबेला भने ब्राजिलको कप्तानी ड्यानी आल्भेसले सम्हाली रहेका छन्। उनी पनि डिफेन्डर नै हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad