ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा व्रिगेड ब्वाइज क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा विग्रेड ब्वाइजले सरस्वती क्लबाई ११–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो।
जीतसँगै व्रिगेड ब्वाइजले शीर्ष तीन अङ्क जोडेको छ। विग्रड ब्वाइजको जितमा ब्रीजेस चौधरी र रोशन रानामगरले ह्याट्रिक पूरा गरे। ब्रीजेसले खेलको १०, ३१ र ४८औँ मिनेटमा गोल गरे भने रोशनले खेलको ३०, ४७ र ८८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन।
त्यसैगरी शिशिर लेखिले खेलेको १२ र २७औँ मिनेटमा गोल गरे भने अञ्जन मर्हजनले खेलको ७७ र दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गरे।
दीपेश गुरुङले खेलको ७०औँ मिनेटमा एक गोल थपे। यता पराजित सरस्वतीका लागि प्रदीप कार्कीले एक सानत्वना गोल फर्काएका थिए।
‘ए’ डिजिभनमा रहेका १४ क्लबले भाग लिएको उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले रु तीन लाख पाउनेछ भने उपविजेताले रु एक लाख ५० हजार पाउनेछ।

प्रतिक्रिया