खेल


इरानलाई हराउँदै आयोजक कतार एएफसी एसियन कपको फाइनलमा

इरानलाई हराउँदै आयोजक कतार एएफसी एसियन कपको फाइनलमा

नेपालखबर
माघ २५, २०८० बिहिबार ८:३८, काठमाडौँ

इरानलाई हराउँदै आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ। 

दोहास्थित अल थुमामा रंगशालामा बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार फाइनलमा प्रवेश गरेको हो। अब कतार उपाधिका लागि फाइनलमा जोर्डनसँग भिड्नेछ। 

खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। तर १७औँ मिनेटमा कतारका जेसिम गाबेर अब्दुलसालमले १ गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। फेरि ४३औँ मिनेटमा अक्रम अफिफले गोल थपेपछि कतार २–१ गोलले अघि भयो।  

तर ५१औँ मिनेटमा इरानका अलिरेजा जाहानबाक्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरी बनाए। 

१३ मिनेट थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा इरान १० खेलाडीमा खुम्चिएको थियो। सोजे खालिजाडेह रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। 

८२औँ मिनेटमा अल्मोज अली जाइले गोल गरेपछि कतारको जित सुनिश्चित भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .