खेल


२९ वर्षपछि दशरथ रंगशालामा नेपाल–चीन आमनेसामने (तस्बिरहरू)

इतिहास रच्ने दाउमा नेपाल, यस्तो छ दर्शकको साथ
२९ वर्षपछि दशरथ रंगशालामा नेपाल–चीन आमनेसामने (तस्बिरहरू)

२९ वर्षअघि चीनसँग दशरथ रंगशालामा भएको खेलमा नेपाल ३–०ले पराजित भएको थियो


सरोज नेपाल
माघ २७, २०८० शनिबार १७:२४, काठमाडौँ

२९ वर्षपछि नेपाल र चीन फुटबल खेल्नका लागि आमनेसामने भएका छन्। शनिबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चीन र नेपालको यू–२३ टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ।

चीनसँग खेल खेल्नका लागि नेपालले यो पटक ५ जना सिनियर टोलीबाट खेलिरहेका खेलाडीसहितको टिम मैदानमा उतारेको छ। 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित यो खेल रोमाञ्चित हुने भएको छ। प्रतियोगिता सुरु हुनुअघि रंगशालामा दुई देशका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुत प्रस्तुत गरेका छन्।

नेपालले हालसम्म खेलेका खेलमध्ये चीनसँग सबै खेलमा हारेको इतिहास छ। २९ वर्षअघि पनि चीनसँग नेपालको खेल दशरथ रंगशालामा नै भएको थियो। सो खेलमा नेपाल ३–०ले पराजित भएको थियो।

नेपालले आजको खेलमा जित निकालेर चीनसँग इतिहास रच्ने दाउमा छ। 

यसअघि खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पनि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए।

मैत्रीपूर्ण खेलका लागि युवा टोलीले पोखरामा एक साता अभ्यास गरेको थियो। नेपाली टोलीको कप्तानी मनिष डाँगीले गरेका छन्।

चिनियाँ टोली भने एक महिनाको अभ्यास गरेर नेपाल आएको हो। चिनियाँ टोलीका कप्तानी बाडेङ चेन्जिङले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .