खेल


नामिबियाले गुमायो छैटौँ विकेट, कुशलले दिलाए अर्को सफलता

नामिबियाले गुमायो छैटौँ विकेट, कुशलले दिलाए अर्को सफलता

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ९, २०८० बुधबार १४:१९, काठमाडौँ

आईसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालका अ‍ोपनर तथा लेगस्पिनर कुशल भुर्तेल एक्लैले नामिबियाको २ विकेट झारेका छन्। 

कुशलले २९ औँ ओभरको चौथो बलमा जान निकोललाई ५ रन बनाउँदा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। 

त्यसअघि कुशलले नै कप्तान गअ‍ेहार्ड इरासमसलाई पेचेलियनको बाटो देखाएका थिए।

२२ औँ ओभरको अन्तिम बलमा इरासमसलाई करण केसीको हातबाट क्याच आउट गराए। ५६ बलमा ८ चौका र २ छक्का हानेका इरासमस ५२ रनमा आउट भए। 

अलराउण्डर दीपेन्द्रसिंह ऐरीले नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाएका थिए।

दीपेन्द्रले १८ औँ ओभरको तेस्रो बलमा जान फ्रेलिकलाई एलबीडब्लु धरापमा पारे। कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई ३१ रन बनाउँदा पेभेलियनको बाटो देखाए। 

पाचौँ ओभरको पहिलो बलमा कप्तान रोहित पौडेलले नामिबियाका ओपनर जिन पिएर कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे। त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए।  

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ औँ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाउँदा १ सय १८ रन बनाएर खेलिरहेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .