खेल


गेटाफेविरुद्ध बार्सिलोनाको एकपक्षीय जित

गेटाफेविरुद्ध बार्सिलोनाको एकपक्षीय जित

नेपालखबर
फागुन १३, २०८० आइतबार १२:४३, काठमाडौँ

स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले गएराति भएको खेलमा गेटाफेविरुद्ध एक पक्षीय जित निकालेको छ। 

बार्सिलोनाले गेटाफेविरुद्ध ४-० को फराकिलो जित दर्ता गराउँदै उपाधि होडमा पुनरागमन प्रयास कायमै राखेको छ। 

बार्सिलोनाका लागि खेलको २०औँ मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दिलाए।

जुल्स कुन्डेले दिएको लामो पासलाई गोलमा परिणत गर्दै राफिन्हाले अग्रता दिलाएका हुन्।

त्यसपछि खेलको ५३औँ मिनेटमा बार्सिलोनाले जोआओ फेलिक्सको गोलमा अग्रता २-० बनायो। 

खेलको ६१औँ मिनेट फ्रेन्की डि योङले गोल गरे। राफिन्हाको पासमा गोल गर्दै उनले खेलमा अग्रता ३-० बनाए। बार्सिलोनाका लागि फर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले एकपक्षीय ४-० को जित पक्का गर्‍यो।

यो जितपछि बार्सिलोना २६ खेलमा ५७ अंकसहित लिगको दोस्रो स्थानमा पुगेको छ।

२५ खेलमा ६२ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा छ। समान २५ खेलबाट ५६ अंकसहित जिरोना तेस्रो स्थानमा झरेको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .