खेल


५० रन बनाउँदा नामिबियाले गुमायो तेस्रो विकेट

सोमपालले दिलाए सफलता
५० रन बनाउँदा नामिबियाले गुमायो तेस्रो विकेट

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:५५, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोलीविरुद्ध नामिबियाले तीन विकेट गुमाएको छ।

दुवै ओपनर गुमाएलगत्तै सोमपाल कामीले नामिबियाको तेस्रो विकेट लिएका छन्।

सोमपालले आठौं ओभरको दोस्रो बलमा नामिबियाका जेपी कोट्जेलाई २५ रन बनाएको अवस्था विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए।

यसअघि पहिलो विकेटका रुपमा सोमपाल कामीले मलान क्रुगरलाई दोस्रो ओभरको तेस्रो बलमा ३ रन बनाउँला गुलशन झाको हातबाट क्याच आउट गराए। 

त्यसैगरी छैटौँ ओभरको तेस्रो बलमा करण केसीले अर्का ओपनर माइकल भान लिंगेनलाई १० रनमा बोल्ड आउट गरे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपालले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।

सातौँ ओभरको खेल जारी रहँदा नामिबियाले ३ विकेट गुमाएर ५४ रन बनाउँदै खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .