खेल


वाफका उपविजेता टोलीका सदस्यहरूलाई एन्फाले जनही ५१ हजार दिने

अध्यक्ष नेम्वाङले भने, 'सोमबार खेलाडीको मोबाइलमा घन्टी बज्छ'
वाफका उपविजेता टोलीका सदस्यहरूलाई एन्फाले जनही ५१ हजार दिने

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार २२:५५, काठमाडौँ

वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीका सदस्यहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५१ हजार रूपैयाँ दिने भएको छ।

वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा शुक्रबार राति त्रिभुवन विमानस्थलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले गरे।

खेलाडीहरूलाई स्वागतका क्रममा एन्फाका अध्यक्ष नेम्वाङले भने, 'सोमबार खेलाडीहरूको मोबाइलमा घन्टी बज्छ।'

आमन्त्रित टोलीका रुपमा पहिलो पटक सहभागी भएको नेपाली टोली वाफको फाइनलमा टाइ ब्रेकर गर्दा जोर्डनसँग ५–३ गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। यस्तोमा नेपालले ११ औँ फाइनल खेलेर पनि उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ। 

भिडिओ विशाल कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .