ad ad

खेल


नेपाली टोलीसँग फाइनलमा पपुवा न्यु गिनीको भेट पक्का

नेपाली टोलीसँग फाइनलमा पपुवा न्यु गिनीको भेट पक्का

नेपालखबर
फागुन २९, २०८० मंगलबार १५:३६, काठमाडौँ

हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि पपुवा न्यु गिनीसँग खेल्ने भएको छ।

मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्दै पिएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

आजै बिहान भएको पहिलो खेलमा नेपालले पिएजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल र हङकङले अंक बाँडेका थिए। वर्षाका कारण खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका थिए।

२ खेलबाट ३ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल खेल्न लागेको हो। २ खेलबाट २ अंक बनाएको पिएनजी दोस्रो स्थानमा रहँदै नेपालसँगको उपाधि भिडन्त पक्का गर्यो। समान खेलबाट १ अंक बनाएको घरेलु टोली भने तेस्रो स्थानमा रह्यो।

सिरिजको तेस्रो खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो।

पहिलो विकेटका लागि ओपनर टोनी उरा र सेसे बाउले १ सय २४ रनको अविजित साझेदारी गरेपछि पिएनजीले सहजै लक्ष्य भेट्टाएको हो।

टोनी उराले ३३ बलमा ५ चौका र २ छक्का मद्धतमा ५१ रनमा नटआउट रहे। सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का मद्धतमा ६१ रनमा अविजित रहे।

त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली १८.३ ओभरमा १ सय २१ रनमा अलआउट भयो।

घरेलु टोलीले अब तेस्रो स्थानका लागि हङकङ कै ए टोलीसँग खेल्नेछ। सिरिजको फाइनल खेल भोली बुधबार हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .