राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले भारतीय महिला लिगको फाइनल खेलको पहिलो हाफमा २–१ अग्रता बनाएको छ।
ब्यांग्लोर स्टेडियममा खेलको पहिलो हाफ सकिँदा गोकुलमले कृस्पा एफसीविरुद्ध अग्रता बनाएको हो। खेल सुरु भएको दोस्रो मिनेटमा नै सावित्रा भण्डारीको पासमा कमला देवीले गोल टोलीलाई अग्रता दिलाएकी थिइन्। २५औं मिनेटमा प्रमेश्वरी देवीले टोलीको अग्रता दोब्बर पारिन्। कृस्पाका लागि ३३औं मिनेटमा दाङमेइ ग्रेसले १ गोल फर्काएकी छिन्।
कृस्पाले केन्क्रे एफसीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको थियो। सावित्राको गोकुलमले भने राष्ट्रिय टोलीकै मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गर्दै कृस्पासँगको भेट पक्का गरेको हो। साविक विजेता सेथु समूह उपविजेता बन्दै अन्तिम ४ मा पुगेको थियो। गत संस्करण एउटै टोलीबाट खेलेका साम्बा र अनिताले यो संस्करण अलग समूह रोजेका थिए। अनिताले लिगका ३ गोलमा उत्कृष्ट ‘असिस्ट’ गरेकी छन्।
सेमिफाइनलमा सावित्राले २ गोल गरेसँगै गोकुलम सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो। छनोटको १ सहित जारी लिगमा सावित्राले ७ खेल खेलिसकेकी छन्। सबै खेलमा पहिलो रोजाइम मैदान उत्रेकी साम्बाले १८ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन्।
Shares

प्रतिक्रिया