ad ad

खेल


इटहरी गोल्डकपः साविक विजेता सगरमाथालाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा

इटहरी गोल्डकपः साविक विजेता सगरमाथालाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा

नेपालखबर
चैत १५, २०८० बिहिबार ६:५५, धरान

इटहरीमा जारी१४ औँ इटहरी गोल्डकपको सेमीफाइनलमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै  त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। 

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो।

पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए । 

बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे।

उनलाई नगद १० हजार प्रदान गरियो।

आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन्। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .