ad ad

खेल


मन्जुश्री ट्रेल रेस : ४० विदेशीसहित ३ सय २४ धावक सहभागी

मन्जुश्री ट्रेल रेस : ४० विदेशीसहित ३ सय २४ धावक सहभागी

नेपालखबर
चैत २३, २०८० शुक्रबार १३:२९, काठमाडौँ

मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणअन्तर्गत सय माइलको दौड शुक्रबार सुरु भएको छ। 

शुक्रबार बिहान इचंगुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू भएको हो। 

शनिबारसम्म चल्ने विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३ सय २४ धावक सहभागी छन्।

रेसमा ४० जना विदेशी धावक सहभागी छन्। २ सय ८९ जना महिला र ३५ जना पुरुष धावक सहभागी भएको आयोजक मञ्जुश्री ट्रेल रेसले जनाएको छ। 

सय माइलको दौडमा ४ महिला सहित १८ धावक सहभागी छन्। चौथो संस्करणमा नेपालसहित चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको  रेसका अध्यक्ष सुवास थापाले बताए। 

सय माइलको रेसमा प्रिया राई, मसफुमी यमाटो, मन कुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत अतिथि पनि सहभागी छन्। अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागी छिन्। 

ट्रेल रेसका धावकहरूले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन्। 

एसिया ट्रेल मास्टर च्याम्पियन रशिला तामाङले भनिन्,सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चड्ने र झर्ने गरेर १२ हजार ६९५ मिटरको उचाई गेन गरिन्छ। 

ट्रेल रेसमा आज शुक्रबार राति एक सय किलोमिटरको दौड झुलेबाट तथा भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट सुरु हुनेछ।

मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुनेछ। 

यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो। यसमा १०० जना धावक सहभागी हुँदैछन्। त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किलोमिटरको रेस सुरू भइ सिंगल ट्रीमै सकिने अध्यक्ष थापाले जानकारी दिए। 

यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत मान्यता रहेको छ। एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो।

एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो। यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर  दिइन्छ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने धावकले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन्। जुन आईटीआरएमा सम्बन्धित  न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ। 

अध्यक्ष थापाका अनुसार, १ सय ७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्। 

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।

यस संस्करणमा थपिएको नयाँ विशेष आयाम तथा खेलाडीको लागी प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थानभित्र  आउने खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा क्वालिफाई हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .