ad ad

खेल


चितवनमा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता उद्‌घाटन

चितवनमा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता उद्‌घाटन

नेपालखबर
चैत २५, २०८० आइतबार २०:४८, काठमाडौँ

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० को उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

चितवनको भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा आइतबार प्रतियोगिताको उद्घाटन गरिएको हो। प्रदेश खेलकुदमा ७ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु खेलकुदमा सातै प्रदेशका टोलीका खेलाडीहरू मार्चपासमा सहभागी भए।

प्रधानमन्त्री दाहालले ओलम्पियन नाम सिंह थापा, बैकुण्ठ मानन्धर, राजकुमारी‌ पाण्डे, दीपक विष्टलाई ओलम्पिक टर्च हस्तान्तरण गरेपछि उनीहरूले ओलम्पिक फ्रेममा दीपप्रज्वल गरेका थिए। खेलाडीको‌तर्फबाट सन्तोषी श्रेष्ठ र निर्णायकको‌तर्फबाट शान्ति गुरुङले शपथ लिएका थिए।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ। पुरुष फुटबल हेटौंडास्थित गौरीटार रंगशालामा हुने बताइएको छ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सात प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ। हरेक इभेन्टको विजेता ५ हजार, दोस्रोले ४ हजार र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। टिम च्याम्पियनले चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताको समापन वैशाख १ गते हेटौंडास्थित गौरीटार रंगशालामा हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .