खेल


नेपाललाई २ स्वर्णसहित ५ पदक

नेपाललाई २ स्वर्णसहित ५ पदक

नेपालखबर
बैशाख ९, २०८१ आइतबार ११:३४, काठमाडौँ

भारतको केरलामा सम्पन्न प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ। 


शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते भने परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरे। 

दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन्। दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएका थिए। 


अर्जुनले ६० केजी मुनि तथा परिले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा रजत पदक प्राप्त गरे। 


दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। दुई दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .