खेल


पौडी संघको पाचौँ अधिवेशनबाट श्रेष्ठको प्यानलै निर्वाचित

पौडी संघको पाचौँ अधिवेशनबाट श्रेष्ठको प्यानलै निर्वाचित

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १५:३१, काठमाडौँ

नेपाल पौडी संघको पाचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानलै निर्विरोध निर्वाचित भएको छ।  

शनिबार भएको अधिवेशनले संघको अध्यक्षमा श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा गंगालाल सिंगार, जुनाकुमारी कठायत र चित्रराज भट्ट निर्विरोध निर्वाचित भएका हुन्। 

यस्तै संघको नयाँ कार्यसमितिमा ईश्वर कार्की महासचिव, रञ्जन भट्टराई र गंगालाल गोले सचिव, दिलीप वैद्य कोषाध्यक्ष तथा योगेन्द्रमान श्रेष्ठ सहकोषाध्यक्ष भएका छन्।  

यसैगरी सदस्यहरूमा दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, उमेश प्रधान, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रूपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन र शिरीष गुरुङ छन्।

योसँगै पौडी संघमा अशोकरत्न बज्राचार्य नेतृत्वको कार्यसमितिको ४२ वर्षदेखिको वर्चस्व तोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .