चीनको सांघाईमा जारी आर्चरी विश्वकपमा भारतको महिला कम्पाउन्ड टोलीले स्वर्ण पदक जितेको छ।
भारतका ज्योति सुरेखा, अदिति स्वामी र प्रनित कौर शीर्ष वरीयताका साथ फाइनलमा पुगेका थिए।
फाइनलमा छैटौँ वरीयता प्राप्त इटालियन महिला कम्पाउन्ड टोलीसँग खेल्दै १७८–१७१ को अग्रता लिएको भारतीय टोलीले सात अंकले स्वर्ण पदक जितेको हो।
24
Shares
प्रतिक्रिया