ad ad

खेल


क्वालिफायरमा स्थान बनाउन संघर्ष गर्दै राजस्थान र सनराइजर्स

क्वालिफायरमा स्थान बनाउन संघर्ष गर्दै राजस्थान र सनराइजर्स

नेपालखबर
जेठ ६, २०८१ आइतबार १३:१५, काठमाडौँ

चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैगलुरु (आरसीबी) चौथो स्थानमा रहेसँगै इण्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ समीकरण पूरा भएको छ। 

गएराति राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा चेन्नईलाई २७ रनले पराजित गर्दै आरसीबीले शीर्ष चारमा रहँदै प्लेअफका लागि स्थान पक्का गरेको हो।

राउन्ड रोविनमा सुरुवाती ८ खेलमा एक खेलमा मात्र जित निकालेको आरसीबीले पछिल्ला ६ खेलमा जित निकाल्दै प्लेअफमा पुगेको हो। 

आरसीबीले राउण्ड रोविनका १४ खेलमा ७ खेलमा जित त्यति नै खेलमा हार भोग्दै १४ अंकमा चौथो स्थानमा रहेको हो। समान अंक भए पनि नेट रनरेटमा पछि पर्दै चेन्नई भने प्लेअफबाट बाहिरिन पुग्यो।

राउन्ड रोविन चरणमा ९ खेलमा जित निकालेको कोलकता नाइट राइडर्स भने क्वालिफायर पुगिसकेको छ। 

राजस्थानले राउन्ड रोबिनमा ८ खेलमा जित निकाल्दा ५ खेलमा हार भोग्दै १६ अंकमा दोस्रो स्थानमा रहेर शीर्ष २ मा रहँदै प्लेअफमा पुगेको हो।

कोलकाताले राउड रोबिनमा ३ खेलमा मात्र हारको सामना गर्यो। कोलकाताले आज राजस्थान रोयल्ससँग खेल्दै छ। गुवाहाटीको बारसापारा क्रिकेट स्टेडियममा हुने रोमाञ्चक भिडन्तमा राजस्थान कोलकातालाई हराउने योजनामा हुनेछ। 

राजस्थान आजको खेलमा कोलकातालाई हराउँदै शीर्ष २ मा नै रहेर क्वालिफायर खेल्न चाहन्छ। आज राति हुने खेलमा राजस्थानले पराजय भोगे र सनराइजर्स हैदरावादले जित निकालेको अवस्थामा राजस्थानले एलिमिनेटर खेल खेल्नुपर्ने हुन्छ। 

सनराइजर्सले भने क्वालिफायर खेल्ने मौका पाउनेछ। सनराइजर्सले आज हैदरावादको राजिव गांधी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पञ्जाव किग्ससँग खेल्दै छ। 

पञ्जाब किंग्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ। पञ्जावले १३ खेलमा ५ खेलमा जित र ८ खेलमा हार भोग्दै १० अंकमा पुछारबाट दोस्रो स्थानमा छ। 

राजस्थान र सनराइजर्स क्वालिफायरमा स्थान बनाउने दौडमा छन्। त्यसैले आजको खेल यी टोलीका लागि निकै महत्त्वपुर्ण छ। 

अंक तालिकाको शीर्ष २ मा रहने टोलीले पहिलो क्वालिफायरमा लागि स्थान बनाउनेछन्। पहिलो क्वालिफायरमा कोलकाता र दोस्रो स्थानमा रहने टोली भिड्नेछन्। 

यो खेलको विजेताले सिधै फाइनलमा स्थानमा बनाउनेछ। पराजित हुने टोलीले भने फाइनलमा स्थान बनाउन पुनः एक मौका पाउनेछ। त्यसका लागि दोस्रो क्वालिफायर खेल खेल्नुपर्ने हुन्छ। 

एलिमिनेटर खेलमा भने चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैग्लोरले तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ। 

यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .