खेल


श्रीलंकाद्वारा वेष्ट इण्डिज पराजित, पुरनको शतक खेर

श्रीलंकाद्वारा वेष्ट इण्डिज पराजित, पुरनको शतक खेर

एजेन्सी
असार १७, २०७६ मंगलबार २:७,

 इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई सोमबार राति भएको खेलमा २३ रनले पराजित गरेको छ। 

श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय इनिङ्स खेलेपनि अन्तिम ३ ओभरमा टिमलाई जितका लागि ३१ रन आवश्यक हुँदा उनी कटआउट भएपछि टोली पराजित हुन पुग्यो। 

यस्तै फाबियन अलेनले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रिस गेलले ३५ रन जोडे।सिम्रन हिटमायरले २९ तथा जोसन होल्डरले २६ रन जोडे। श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो। श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले।

यस्तै कुशल परेराले ६४, लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९, कप्तान दिमुथ करुणारत्नेले ३२ तथा एञ्जेलो म्याथ्युजले २६ रन जोडे। वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए।

दुबै टोलीको विश्वकपमा सेमिफाइनलमा पुग्ने सम्भावना भने सकिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad