ad ad

खेल


विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौँ : पारस खड्का

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौँ : पारस खड्का

नेपालखबर
जेठ १०, २०८१ बिहिबार ११:३९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरेका छन्। 

पूर्वकप्तानसमेत रहेका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरे। उनले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए। 

फरकफरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उल्लेख गर्दै उनले यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनको विश्वास छ। 

पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए। सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताउँदै उनले खेलाडीले राम्रो खेले खुसी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उनले बताए। 

नेपालको साधनश्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क पनि छ। 

अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए। 

खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ। 

हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ। विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .