ad ad

खेल


एसीसी महिला एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा

एसीसी महिला एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८१ बिहिबार १२:४२, काठमाडौँ

एसीसी महिला एसिया कपमा लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। 

क्यानले घरेलु मैदानमा भएको ललितपुर मेर्यस् कपमा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरेको छ। 

एसिया कपमा नेपाल भारत, पाकिस्तान र युएई रहेको समुह ए मा छ। समुह बी आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्। 

नेपालले समुह चरणको पहिलो खेलमा पाकिस्तानसँग १९ जुलाइमा खेल्नेछ। समुह बी मा २१ जुलाईमा युएई। २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ। 

समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

फाइनल खेल २८ जुलाइमा हुनेछ। 

नेपाली टोलीः 
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सिता रानामगर, कविता कुवँर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरि, सवनम राई, रुवि पोडार, खुसी डंगोल, लक्ष्मी साउद, एलिसा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, एशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .