ad ad

खेल


राष्ट्रिय फुटबल टोलीको सहायक र गोलकिपिङ प्रशिक्षकमा घिमिरे र तिम्सिना

राष्ट्रिय फुटबल टोलीको सहायक र गोलकिपिङ प्रशिक्षकमा घिमिरे र तिम्सिना

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १४:४०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपिङ प्रशिक्षकमा तिम्सिनालाई नियुक्त गरेको जानकारी दिएको हो। 

उनीहरुलाई एन्फा महासचिव किरण राईले नियुक्तिको पत्र दिएका थिए। 

यसअघि टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र विनोद डंगोल गोलकिपिङ प्रशिक्षक थिए।

कटुवाल र डंगोलको सम्झौता सकिएकाले उनीहरुको स्थानमा घिमिरे र तिम्सिनालाई नियुक्त गरेको एन्फाले जनाएको छ। 

नेपाली टोली अहिले फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटको तयारीमा व्यस्त छ।

यसका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्राम्भिक टोलीको घोषणा गरेर प्रशिक्षण गराइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .