ad ad

खेल


सन्दीपको भिसाको पहल जारी, क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

सन्दीपको भिसाको पहल जारी, क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

नेपालखबर
जेठ १४, २०८१ सोमबार १२:५५, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाका लागि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र सन्दीपसहितको टोलीले सोमबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ। 

आईसीसी टी–२० विश्वकप आउन एक साताको समय बाँकी रहँदा सन्दीपको भिसा अस्वीकार भएसँगै क्यानले पहल सुरु गरेको हो। 

सोमबार क्यान अध्यक्ष चतुर बहादुर चन्दसहितको टोलीले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेका थिए। सोमबार अमेरिकी दूतावास बन्द रहेकाले मंगलबार परराष्ट्रमन्त्रीले कुराकानी गर्ने बताएको क्यान अध्यक्ष चन्दले बताए। 

अध्यक्ष चन्दले भने, ‘आज मसहित क्यानका पदाधिकारी र सन्दीपसँगै गएर भेट गरेका थियौँ। आज एम्बेसीमा विदा छ। एक चरणमा बोलाएर छलफल पनि गरेका थियौँ। फेरि पनि छलफल गर्छौँ, हामी पूरै प्रयास गर्छौँ भनेर भन्नुभएको छ।’ 

अध्यक्ष चन्दले अहिले टोलीमा १४ जनाको नाम राखेको बताउँदै सन्दीपको भिसा लागेमा १५ हुने र सन्दीपको भिसा नलागेमा अमेरिकामा रहेका एक जनाको नाम थप्ने बताए। 

बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएसँगै सन्दीपले विश्वकपका लागि भिसा प्रक्रिया सुरु गरेका थिए। तर अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेसँगै क्यानले युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत भिसा दिलाउन पहल गरिरहेको छ। 

यसका लागि उच्च निकायबाट नै पहल भइरहे पनि अमेरिकी दुतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न नसक्ने बताएको थियो। 

सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको बताएका थिए। 

नेपालले विश्वकपको तयारीस्वरुप अभ्यास खेल खेलिरहेको छ। आईसीसीको तालिकाअनुसार नेपालले आज क्यानडासँग पहिलो वार्मअप म्याच खेल्दै छ। 

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .