खेल


एनपीएल: १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले तेस्रो ओभरमै गुमायो २ विकेट

एनपीएल: १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले तेस्रो ओभरमै गुमायो २ विकेट

विराटनगर र सुदूरपश्चिमको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ११:११, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो विकेट गुमाएको छ। 

सुदूरपश्चिम रोयल्सले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले तेस्रो ओभरमै दुई विकेट गुमाएको हो।

पहिलो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गप्टिल स्कट कुग्लेजिनको बलमा गोल्डेन डगआउट भए।

तेस्रो ओभरको पहिलो स्कटकै बलमा निकोलस किर्तोन ५ रन बनाउँदा क्याच आउट हुन पुगे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्रिजमा ओपनर लोकेश बम २ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad