चितवन राइनोजका सोहेल तनविरले पहिलो ओभरमा नै तीन विकेट लिर्दै पोखरा एभेन्जर्सको ब्याटिङ लाइन धरापमा पारेका छन्।
तनविरले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेललाई इनिङ्सको पहिलो बलमा नै पेभेलियन फर्काएका थिए।
पहिलो ओभरको पाचौँ बलमा दिलीप नाथलाई ४ रनमा बनाउँदा क्याच आउट गराए। ओभरको अन्तिम बलमा बास डे लिडलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाउँदै तनविरले पहिलो ओभरमा नै तीन विकेट लिएका हुन्।
तनविरले पहिलो खेलमा पनि पाँच विकेट लिएका थिए।
मंगलबारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमा ४ रन बनाउँदा ३ विकेट गुमाएको हो।
312
Shares

प्रतिक्रिया