नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले उत्कृष्ट सुरुवात गरेको छ।
लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले ६ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेका छन्।
ओपनर आन्द्रेस घोष ४६ र दिनेश खरेल २६ रनमा अविजित छन्। एनपीएलमा तेस्रो खेल खेलिरहेको पोखरा पहिलो जितको खोजीमा छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो।
789
Shares

प्रतिक्रिया