काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले उत्कृष्ट सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको जनकपुरले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ५५ रन बनाएको छ।
जनकपुरले पहिलो विकेटका रूपमा छैटौँ ओभरको तेस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो।
१० बलमा २ चौका र १ छक्का हानेका आशिफ १६ रन बनाउँदा साद विन जफरको बलमा विवेक यादवको हातबाट क्याच आउट हुन पुगे।
159
Shares

प्रतिक्रिया