खेल


सगरमाथा आधार शिविरको अवलोकन गरेर फर्किए धवन

सगरमाथा आधार शिविरको अवलोकन गरेर फर्किए धवन

नेपालखबर
मंसिर २३, २०८१ आइतबार २०:२२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन्। शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमा स्वदेश फर्किएको कर्णाली याक्सले जानकारी दिएको छ। 

एनपीएलमा उनले कर्णाली याक्सबाट सुरुका चार खेल खेले। त्यसमा कर्णालीले २ जित र २ हार बेहोर्न पुग्यो। कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए। भारत फर्किनुअघि एनपीएल खेल्दा राम्रो अनुभव भएको प्रतिक्रिया दिए। 

‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाएँ,’ उनले भने । 

स्वदेश फर्किनुअघि आइतबार नै उनले सगरमाथा आधार शिविर (एभरेस्ट बेसक्याम्प) को अवलोकन गरेका थिए। कर्णाली याक्सका सहसंस्थापक गृहेन्द्र घिमिरेसँगै आधार शिविर पुगेका उनले करिब ४ घन्टा त्यहाँ बिताएका थिए। 

यसअघि उनले पशुपति दर्शन पनि गरेका थिए। शिखरले आउँदो मार्चमा फेरि नेपाल  भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्। 

उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्र्याएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad