नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
पोखरा आफ्नो चौथो खेल र कर्णालीले पाँचौँ खेल खेल्न लागेका हुन्। यसअघि कर्णाली २ खेलमा जित र दुई हार व्यहोरोको छ। आजको खेलमा कर्णालीका ओपनर शिखर धवन हुने छैनन्। उनी चार खेलपछि स्वदेश फर्किसकेका छन्।
कर्णालीले यसअघि बिराटनगर र चितवनलाई पराजित गरेको थियो। पोखराले यसअघि एक खेल मात्रै जितेको छ। पोखराले लुम्बिनीलाई मात्रै पराजित गरेको हो।
प्लेअफका लागि दुवै टोली जित्नै पर्ने दबाबमा छन्।
84
Shares

प्रतिक्रिया