नेपालको यू१९ महिला क्रिकेट टोलीकी पूजा महतो आईसीसी यू१९ विश्वकपको ‘टिम अफ दि टुर्नामेन्ट’मा पर्न सफल भएकी छिन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यू१९ टी२० विश्वकप २०२५ को ‘टिम अफ दि टुर्नामेन्ट’ घोषणा गरेको हो।
यसमा गोन्गादी तृषा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डेभिना पेरिन (इंग्ल्यान्ड), जी कमालिनी (भारत), काइमी ब्रे (अस्ट्रेलिया), पूजा महतो (नेपाल), कायला रियानिकी (दक्षिण अफ्रिका), क्याटी जोन्स (इंग्ल्यान्ड), आयुष शुक्ला (भारत), केमोडी प्रबोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत) र थाबिसेङ निनी (दक्षिण अफ्रिका) रहेका छन्।
भर्खरै सम्पन्न विश्वकपमा उनले ७० रन बनाएकी थिइन्। उनको स्ट्राइक रेट ५१.८५ थियो। प्रतियोगितामा उनले कुल ९ विकेट आफ्नो नाममा पारेकी थिइन्। उनको इकोनोमी ४.३४ रह्यो। उनले मलेसियाविरुद्ध ९ रन मात्र दिएर ४ विकेट लिएकी थिइन्।
Shares

प्रतिक्रिया