खेल


महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

नेपालखबर
फागुन ५, २०८१ सोमबार १२:३, काठमाडौँ

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले ८–२ गोलले हराएको थियो। नेपालीलाई उपाधि यात्रा बलियो बनाउन तुलनात्मक रूपमा कमजोर किर्गिस्तानलाई पराजित गर्नुपर्छ। म्यानमार र लेबनान बलिया टोली हुन्। 

तर पछिल्लो समय किर्गिस्तानको टोलीमा पनि व्यापक सुधार भएकाले कमजोर आक्न नमिल्ने नेपाली टोालीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। नेपालको पहिलो खेलमा प्रमुख फर्वार्ड सावित्रा भण्डारी उपलब्ध हुने छैनन्। उनी आजै फ्रान्सबाट आइपुग्ने भएकाले विश्राम दिने प्रशिक्षक तामाङले बताए।

आफ्नो टोलीको मजबुत पक्ष नै फर्वार्ड लाइनमा रहेको दाबी गरे। उपाधि खडेरीमा रहेको नेपाल घरेलु मैदानमा उपाधि उचाल्न चाहन्छ।यसअघि साफ महिला च्याम्पियनसिपमा लगातार दुईपटक उपाधि जित्ने मौका गुमाएको थियो।

पछिल्लोपटक घरेलु मैदानमै फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। तर उक्त फाइनलमा गरेको, गल्तीलाई दोहोरिन नदिने नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad