घरेलु मैदानमा सुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा किर्गिस्तानविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिँदा नेपालले १–० ले अग्रता बनाएको हो।
खेलको १०औँ मिनेटमा सविता रानामगरको क्रसमा विमला चौधरीले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्।
त्यसअघि छैटौँ मिनेटमा रेखा पौडेलको प्रहार किर्गिस्तानकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। त्यसकै रिबाउन्डमा सविता रानामगरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।
खेलको २१औँ मिनेटमा सविताको क्रसमा रश्मी कुमारी घिसिङले प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।
२७औँ मिनेटमा प्रिती राईको प्रहार किर्गिस्तानकी गोलरक्षकले बचाइन्। ३०औँ मिनेटमा रेखा पौडेलको सशक्त प्रहार गोलरक्षकले जोगाइन्।
पहिलो हाफका्े इन्ज्युरी समयमा रश्मी कुमारी घिसिङको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। त्यसकै रिबाउन्डमा सविताको प्रहार पनि क्रसबार लाग्दै बाहिरिएको बललाई रेखा पौडेलले नियन्त्रणमा लिँदै पोस्टमा प्रहार गरे पनि डिफेन्डरले क्लियर गरे।
Shares

प्रतिक्रिया