नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर निशा थोकरको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। सोमबार किर्गिस्तानविरुद्धको खेलमा घाइते भएकी निसाको स्वास्थ्य अवस्था सामान्य रहेको टोलीकी फिजियोथेरापिस्ट नबिना श्रेष्ठ वैद्यले जानकारी दिइन्।
खेलको इन्ज्युरी समयको चौथो मिनेटमा निसा घाइते भएकी थिइन्। किर्गिस्तानकी असिम तुर्गुम्बाएभा र निशाको टाउको ठोक्किएको थियो।
मैदानमा नै केही समयको उपचार पश्चात उनलाई छैटौँ मिनेटमा स्ट्रेचरमा राखेर बाहिर निकालिएको थियो। निशालाई थप उपचारका लागि विएण्डबी अस्पताल लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ।
'अहिले निशाको स्वास्थ्य अवस्था ठिक छ, हिजो नै विएण्डबीमा उपचार गराइएको थियो,' फिजियो श्रेष्ठले भनिन्, 'बाहिरि सामान्य चोट हो, भित्री चोट केही छैन।'
Shares

प्रतिक्रिया