खेल


बंगलादेशको हारले न्युजिल्यान्ड र भारत सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

बंगलादेशको हारले न्युजिल्यान्ड र भारत सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

नेपालखबर
फागुन १३, २०८१ मंगलबार ६:४८, काठमाडौँ

रचिन रविन्द्रको शतकमा बंगलादेशलाई पराजित गर्दै न्युजिल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। 

सोमबार राति सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड एक खेल अघि नै अन्तिम चारमा पुगेको हो। न्युजिल्यान्डको जितले भारत पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ। 

समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा साविक विजेता पाकिस्तान र बंगलादेश भने समूह चरणबाट नै बाहिरिने पक्का भएको हो। 

बंगलादेशले दिएको २ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो। 

न्युजिल्यान्डको जितमा रचिनले शतक पूरा गरे। १ सय ५ बलमा १२ चौका र १ छक्का सहयोगमा १ सय १२ रन बनाएका रचिन क्याच आउट हुन पुगे। टम लाथम ५५ रनमा रनआउट भए। 

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रनको योगफल तयार पारेको थियो। 

बंगलादेशका कप्तान नाजमुल होसेन सान्तोले बनाएको ७७ रन नै बंगलादेशका लागि सर्वाधिक रह्यो। जोकर अली ४५ र रिसद हुसैन २६ रनमा आउट भए। 

बंगलादेशलाई कम स्कोरमा रोक्न न्युजिल्यान्डका माइकल ब्रासवेलले सर्वाधिक ४ विकेट लिए। च्याम्पियन्स ट्रफीमा आज समुह बी का अष्टे«लिया र दक्षिण अफ्रिका भिड्नेछन्। 

समूह ‘बी’ मा रहेका दुवै टोलीले प्रतियोगितामा समान एक जित हात पारेका हुन्। आजको खेलमा एकअर्काविरुद्ध उत्रदा दुवै टोलीको नजर सेमिफाइनलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad